अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

न्युयोर्कमा भानु जयन्ती तथा नवरत्न पुरस्कार समर्पण

बिआरटीनेपाल २०७५ साउन १५ गते ९:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार अमेरिकाको न्युयोर्कमा २०५ औ भानु जयन्ती तथा नवरत्न पुरस्कार समर्पण कार्यक्रम आयोजना गरेको छ | अनेसास न्यु योर्क च्याप्टरको संयोजनमा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि नायव महाबाणिज्यदुत पुष्प राज भट्टराईले पुरस्कृतहरूलाई सम्मान पत्र, अनेसास केन्द्रका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष पदम विश्वकर्माले खादा अर्पण तथा अनेसास बोर्डअफ ट्रष्टीका उपाध्यक्ष गीता खत्रीले पुष्प गुच्छा समर्पण गर्नु भएको थियो भने पुरस्कार दाताका तर्फबाट दीपा राई पुनले सम्मानितहरूलाई नगद हस्तान्तरण गर्नु भएको थियो |

नेपाली साहित्य, सङ्गीत, समाजसेवा कला र व्यवसायमा संग्लग्न सफल महिलालाई सम्मान तथा प्रोत्साहन स्वरूप प्रत्येक २/ २ वर्षमा दुई सय अमेरिकी डलर नगद सहित यो पुरस्कार प्रदान गर्ने गरिन्छ |

यस पटक नायिका मनीषा कोइराला, गायिका हरि देवी कोइराला, साहित्यकार उन्नति बोहरा सिला, पुनम काफ्ले, लक्ष्मी माली, समाजसेवी तुलसी देवी राई, व्यवसायी मिना खड्का क्षेत्री र कला खरेल तथा युवा रंगमंच निर्देशक सम्पदा मल्ल पुरस्कृत हुनुभएको हो |

यसै गरी जापान बसेर लामो समयदेखि सितार वादनमा संलग्न सुषमा ओमातालाई “अनेसास नवरत्न विशिष्ट साधक सम्मान” द्वारा सम्मानित गरिएको छ भने बालसाहित्यका क्षेत्रमा समर्पित बिमला निरौलालाई “अनेसास बाल साहित्य सम्मान” द्वारा सम्मानित गरिएको छ |

कार्यक्रममा नृत्य, चित्रकारिता र कलाकारिताका क्षेत्रमा संलग्न बालिकाहरू सिमरन अधिकारी, अरमानी महर्जन र श्रीनिति रिजाललाई प्रोत्साहन स्वरूप नवरत्न बाल प्रतिभा पुरस्कार प्रदान गरिएको छ |

पुरस्कार समितिका संयोजक शकुन्तला ज्ञवालीले यस किसिमको पुरस्कारले पुरस्कृत हरूलाई आआफ्नो क्षेत्रमा अझ समर्पित हुन ऊर्जा मिल्ने बताउँदै पुरस्कारको निरन्तरताको कामना गर्नु भयो |

कार्यक्रममा पुरस्कार चयन समितिका संयोजक गीता खत्रीले नवरत्न पुरस्कार साहित्यका अलावा समाजका विभिन्न क्षेत्रमा समर्पित महिलालाई प्रदान गरिने उद्देश्य अनुरूप यसबर्ष नौ जना महिलालाई नवरत्न सम्मान, दुई जनालाई विशेष सम्मान र तीनजनालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिएको बताउनु भयो । साहित्यकार किसन सिंह धामीले आदिकवि भानुभक्तका बारे प्रकाश पार्नु भएको उक्त कार्यक्रममा साहित्यकार सीता खरेलले अनेसासको गतिविधिलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अनुरोध गर्नु भयो ।

आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण गरेर सुरु भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने अनेसास केन्द्रका उपाध्यक्ष प्रकाश नेपालले भानुभक्तका विवादका बारेमा बोल्नु भएको थियो |

गायक तथा सङ्गीतकार गणेश पराजुलीको सङ्गीतमा तयार पारिएको न्युयोर्कका गीतकारहरू विनोद रोका, गीता खत्री, परिता राजभण्डारी, पुनम काफ्ले, ज्योति पौडेल र राजेन्द्र श्रेष्ठको शब्द रचना रहेको सिडी एलबम विमोचन गरिएको उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी कविहरूले सिर्जना वाचन गरेका थिएँ ।

कार्यक्रममा सभापति तथा अनेसासका केन्द्रीय अध्यक्षको सभापतित्वमा सम्पन्न उक्र कार्यक्रममा महासचिव गोवर्द्धन पूजा, साहित्यकार व्याकुल पाठक बिमला निरौला, विवेचना निरौला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कविता वाचन गर्ने कविहरूमा भरत पुरी, नीरा शर्मा, राजन महर्जन, वन्दना कोइराला, नवराज खड्का, मधु माधुर्य, आनन्द श्रेष्ठ, कुन्ती थापा, किसन सिंह धामी, सीता खरेल, शारदा क्षेत्री, विष्णु बैजु, जानुका बस्ती ढकाल, मोहन निरौला, शुभ नेपाल, डा गोविन्द कोइराला, रश्मि भट्ट, पुष्पा गौतम, राजेन्द्र श्रेष्ठ, विनोद रोका, दीपा राई पुन, कृष्ण कुसुम, बिमला निरौला, प्रकाश नेपाल, शारदा ठकुरी, शकुन्तला ज्ञवाली, गीता खत्री हुन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू