अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

विदेशका नेपालीले मुटु र मनमा नेपाल राखेका छन्: अध्यक्ष आचार्य

बिआरटीनेपाल २०७५ साउन १५ गते ९:२७ मा प्रकाशित

ड्यालस (टेक्सस) – नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विदेशमा बसेका नेपालीहरूले मुटु र मनमा नेपाललाई राखेर बसेको आफूले महसुस गरेको बताएका छन् ।

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को अधिवेशनका लागि अमेरिका आएका आचार्य झन्डै दुई सातादेखि अमेरिकामा छन् । उनले मन र मुटुमा नेपाललाई लिएर बसेका नेपालीहरूलाई गाली गर्नु भनेको नबुझेर गरिएको जस्तो महसुस आफूले गरेको पनि बताए ।

आइतबार टेक्ससको ड्यालसमा नेजाले आयोजना गरेको सामुदायिक अन्तरकृयामा आचार्यले अमेरिकाका नेपाली सञ्चारकर्मीहरूले पेशागत हकहित भन्दा पनि दुई देशबिच सम्बन्ध सेतुका रूपमा काम गर्न आव्हान गरे । ‘नेजा अमेरिकामा नेपाल पत्रकार महासङ्घको आधिकारिक संस्था हो, नेजासँगको सम्बन्ध सदा सुमधुर छ र रहिरहनेछ,’ आचार्यले भने ।

नेजालाई नेपालमा कार्यरत पत्रकारहरूको निम्ति पुरस्कारका साथै नीतिगत रूपमा पनि सहकार्य गरेर अघि बढ्न सभापति आचार्यले आव्हान गरे । अमेरिकामा रहेका नेपाली समुदायले सञ्चारमाध्यमबाट तथ्यपूर्ण र समाजका लागि उपयोगी सामग्रीको अपेक्षा राखेका थिए । अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा स्थानीय नेपाली समुदायका अग्रजहरूले प्रवासमा नेपाली पत्रकारिता कठिन भएको उल्लेख गर्दै यसमा संलग्न सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले नेजासँग हातेमालो गर्दै अघि बढ्न आतुर रहेको उल्लेख गर्दै नयाँ“ नेतृत्वबाट एनआरएनले अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि धेरै अपेक्षा राखिएको बताए ।

नेजामा ‘अमेरिकामा नेपाली पत्रकारिता निकै कठिन कार्य हो, तर पनि कठिनाइका बाबजुद जति साथीहरू यसमा संलग्न हुनुहुन्छ उहाँ“हरू धन्यवादको पात्र हुनुहुन्छ,’ नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले भने । थापाले तथ्यलाई तोडमोड गरेर समाचार प्रकाशित गर्दा विश्वसनीयता गुम्ने भएकोले त्यसतर्फ सचेत हुन पनि पत्रकारहरूलाई सुझाव दिए ।

त्यस अवसरमा नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यले टेक्सस नेपाली समुदायको सबैभन्दा आकर्षणको क्षेत्र भएकोले समाचारको हिसाबले पनि त्यति नै महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको उल्लेख गरे ।

कार्यक्रमको सभापतित्व गरिरहेका नेजाका उपाध्यक्ष विकास राज न्यौपानेले आऊ“दो दुई वर्षे कार्यकालमा नेजालाई पत्रकारको मात्र संस्था हो भन्ने परिचयबाट माथि उकालेर यो पनि अमेरिकाको नेपाली समुदायको हित हेर्ने एउटा सामुदायिक संस्था हो भनेर परिचय दिनेतर्फ नयाँ“ टिमले योजना बनाएको उल्लेख गरे । त्यसै अनुरूप पहिलो सामुदायिक अन्तरक्रिया ड्यालसबाट सुरु गरिएको उनले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन नेजाका सचिव सुरज भण्डारीले गरेका थिए । कार्यक्रममा क्षेत्रीय संयोजक रामचन्द्र भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै अमेरिकामा नेपाली सञ्चारकर्मीहरूले मिडियाको मार्फत सामुदायिक सेवा गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा ड्यालस र वरिपरिबाट थुप्रै नेपाली सामुदायिक सङ्घसंस्थाका नेतृत्वकर्ताहरुको सहभागिता थियो । त्यस अवसरमा एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, एनआरएनए अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशी, बोर्ड अफ डाइरेक्टरहरू डा. अर्जुन बञ्जाडे, कृष्ण लामिछाने, अमृत (सुरेश) कट्टेल, एनआरएन टेक्ससका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेल, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्टराई, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र« कार्की, सचिव दिनेश शर्मा, युएनएका संस्थापक पासाङ लामा, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएन अमेरिकाका युवा संयोजक स्वराज खाती, , ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्षहरू शिव काफ्ले र केशव लामिछाने, नर्थ ड्यालस नेपाली समाजका अध्यक्ष बादल भुजेल, नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरज पौडेल, पत्रकार सुशील चौधरी लगायतको सक्रिय सहभागिता थियो ।

त्यस अवसरमा पत्रकार महासङ्घका अध्यक्ष आचार्यले नेपाली समुदायका तर्फबाट नेपाली मिडियाका विभिन्न पक्षका बारेमा राखिएको जिज्ञासाको जवाफ पनि दिएका थिए ।

पोखरेललाइ अवार्ड
कार्यक्रममा गत साता सियाटलमा भएको नेजाको छैटौँ अधिवेशनको क्रममा प्रदान गरिएको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ महासङ्घका सभापति आचार्यबाट ड्यालसका पुराना पत्रकार सुरेशचन्द« पोखरेललाई हस्तान्तरण गरियो । पोखरेल सियाटलमा अनुपस्थित भएका कारण आइतबार हस्तान्तरण गरिएको हो । नेजामा सुरुबाटै आबद्ध पोखरेलले नेपालमा पनि झन्डै डेढ दशकसम्म पत्रकारिता गरेका थिए । त्यसैको सम्मानस्वरुप अवार्ड प्रदान गरिएको नेजाले जनाएको छ ।

पुरस्कृत पोखरेलले पछिल्लो समयमा किनेर अवार्ड लिने र दिने विकृत होडबाजी रहेको उल्लेख गर्दै नेजाले आफूलाई पुरस्कृत गरेकोमा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू