अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

उत्तर कोरियाले नयाँ ब्यालेष्टिक मिसाइलको काम गरिरहेको अमेरिकी संचार माध्यमको दावी

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:३९ मा प्रकाशित

उत्तर कोरिया र अमेरिकाबीच सम्बन्धमा सुधार भइरहेका बेला अमेरिकी सञ्चारमाध्यमहरुले भने उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दाबी गरेका छन् । अमेरिकाको वासिङटन पोष्टलाई एक जना अमेरिकी अधिकारीले गुप्तचरी स्याटलाईटले प्योङयाङ नजिकको सानुम्डोङ ब्यालेष्टिक मिसाइल उत्पादन गर्ने क्षेत्रमा नियमित गतिविधि भैरहेको जानकारी दिएका थिए ।

तर यो प्रक्रिया कति अगाडि बढिरहेको छ भन्नेबारे भने स्पष्ट नभएको बताइएको छ । गत जुनमा सिंगापुर शिखर वार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

वार्तापछि ट्रम्पले उत्तर कोरिया अब आणविक चुनौति नभएको बताउनु भएको थियो । उत्तर कोरियाले पछिल्लो ९ महिना यता कुनै पनि आणविक परिक्षण गरेको छैन भने केही परीक्षण स्थल नष्ट गरेको दाबी समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू