अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

प्रधानन्यायधीशमा जोशीको नाम अस्विकृत भए प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ – वार अध्यक्ष केसी

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:३६ मा प्रकाशित

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्विकृत भए संवैधानिक परिषदको हैसियतले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने वताउनुभएको छ ।

आज काठमाण्डौंमा आयोजित एक साक्षात्कारमा वोल्दै उहाँले वैधानिक परिषदले सिफारिश गरेको प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अस्विकृत गर्नु संवैधानिक र न्यायिक सर्वोच्चताको खिलाफ हुने ठहर गर्नुभयो । सुनुवाई समितिले जोशीको नाम अस्विकृत गर्नु भनेको संवैधानिक परिषदले गल्ती गरेको ठहरिने उल्लेख गर्दै केसीले परिषदका अध्यक्ष पनि नैतिक संकटमा पर्ने र परिषदका सबै सदस्यहरु दोषी ठहरिने वताउनुभयो ।

अध्यक्ष केसीले सुनुवाई समितिमा कामु प्रधानन्यायाधीशजस्तो गरिमामय व्यक्तित्वलाई बेञ्चमा बस्दा सुत्छ, उठ्छ र बस्छ भनेर प्रश्न गरिएको भन्दै आपत्ति जनाउनुभयो । प्रस्तावित प्रधानन्यायाधीशमाथि गम्भिर प्रकृतिको उजुरी नपरेकोले सुनुवाई समितिले दुई तिहाईले उहाँलाई रिजेक्ट गर्न नमिल्ने उहाको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू