अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे भोलि सर्वसम्मतीमा निर्णय हुने – लक्ष्मणलाल कर्ण

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:३५ मा प्रकाशित

संसदीय सुनुवाई विशेष समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे भोलि समितिले सर्वसम्मतीले निर्णय गर्ने स्पष्ट पार्नुभएको छ । मंगलवार काठमाण्डौंमा आयोजित साक्षात्कारमा बोल्दै राजपा नेपालका शीर्ष नेता समेत रहनुभएका समितिका संयोजक कर्णले प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मतीमा नै टुंगो लगाउन समितिको बैठक सारिएको वताउनुभयो । समितिमा रहेका सदस्यहरुको आ–आफ्नै राजनीतिक आस्था र विचार भएपनि आफूहरुले सर्वसम्मतीमै निर्णय गर्ने कोशिस गरिरहेको कर्णको भनाई थियो ।

बाहिर आरोप लगाईएजस्तो संसदीय सुुनुवाई प्रक्रियामा आफूहरुले कुनै किसिमको ढिलाई नगरेको उल्लेख गर्दै उहाँले समितिको निर्णय कुर्न धैर्यता गर्नुपर्ने वताउनुभयो । भोलि गरिने निर्णय सहमतिमै हुने भएकोले उक्त निर्णय सबैले मान्नुपर्ने कर्णको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू