अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

मेरो गजल तिम्रो लागि’ सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:२१ मा प्रकाशित

कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनोलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताउनुभयो ।

कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भन्नुभयो, “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुँदाहुँदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।” उहाँले भन्नुभयो, “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताउनुभयो ।
उहाँले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।
गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शुशीला देउजाले स्वागत गर्नुभएको थियो ।
एल्वममा विभिन्न समयमा लेखिएका संजिताका आठ गजल संग्रहित छन् । एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका गजल रहेका छन् । एल्वममा तीन तीन गजल सत्य स्वरुप तथा दुई गजल दीपक थापाले गाउनुभएको छ ।
महेन्द्र भवन कन्या स्कुलमा अध्ययन गर्दैदेखि गीत, गजल, मुक्तक र कविता लेखनमा रुचि राख्ने गजलकार संजिताका एक सयभन्दा बढी गजल रहेका छन् । त्यसमध्ये २५ भन्दा बढी रेकर्डमा रहेका छन् । उहाँका गजल र कविता मधुपर्कलगायत पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन् ।
बेलायतमा रहदैआउनुभएकी गजलकार देउजाको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित छ । त्यस्तै गायक दीपक थापाको एल्वम होराइजनमा समेत गजलकार देउजाको गजल संग्रहित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू