अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

नबिनाको उत्कृष्ट शब्दमा गायक नबिन के भट्टराईको “अनिदो भै रातमा” सार्बजनिक

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:१० मा प्रकाशित

गायक नबिन के भट्टराई आफ्नो गीति संग्रह NKBको दोश्रो गीत लीएर दर्शक तथा श्रोता समक्ष आएका छन् । “अनिदो भै रातमा” बोल को उक्त गीत यु टुब तथा विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्बजनिक भएको छ ।

गीतको शब्द नबिना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन् । गीतको संगीत संयोजन इमान बिक्रम शाह ले गरेका छन् ।उक्त गीति संग्रहलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

गीतलाइ अमेरिकाको रमणिय ठाउँहरु मा खिचिएको छ । गीतमा नब कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका छन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया