अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

नेपाली काँग्रेस रसुवाको विरोध

बिआरटीनेपाल २०७५ साउन १५ गते ६:५३ मा प्रकाशित

रसुवा १५ श्रावण ।नेपाली काँग्रेसका नेता एबं प्रतिनिधि सभा सदस्य मोहन आचार्यले  संविधानको मर्यादा पालना गर्न सरकारलाई आग्रह गर्नु भएको छ।

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय रसुवाले जिल्ला सदरमुकाम धुन्चेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको  मर्म अनुसार सभामुख वा उपसभामुख मध्ये एक पद छोडेर संविधानको सम्मान गर्न सरकारलाई आग्रह गर्नुभयो।

  बढ्दो महँगीका कारण आम नागरिकको जिवनयापनमा कठिनाई उत्पन्न भएको भन्दै नेता आचार्यले महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो । सरकार विरुध्द नेपाली काँग्रेसले आज ७७वटै जिल्लामा विरोध प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू