अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

नेपालको पूर्वाधार विकासमा थप सहयोग गर्न तयार छौ: जापान

बिआरटीनेपाल २०७५ साउन १४ गते ११:३६ मा प्रकाशित

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सोमवार शिष्टाचार भेटवार्ता भएको छ । सिहदरवारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालको सँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताउनुभयो । राजदूत साइगोले नेपालको पूर्वाधार विकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमानदारी पूर्वक सहयोग गरेको भन्दै सहरी विकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पूर्वाधार विकासमा थप सहयोग बिस्तार गर्ने बताउनुभयो ।

भेटमा मन्त्री राईले नव नियुक्त राजदूतका रूपमा नेपाल आएकोमा बधाई दिँदै उहाँको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्च मुल्याङकन गरेको बताउनुभयो । उहाँले कुलेखानी जलविद्युत आयोजना र विपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुर्‍याएको विकास योगदान आफैमा विशिष्ट रहेको भन्दै काठमाडौँ उपत्यकाको सडक सञ्जालको गुरु योजना निर्माणमा जापानको सहयोगको उच्च मुल्याङकन गर्नुपर्ने बताउनुभयो ।  

प्रतिक्रिया