अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

मानव वेचविखनविरुद्ध खबरदारी

बिआरटीनेपाल २०७५ साउन १४ गते ११:३० मा प्रकाशित

दमक, मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा झापाको दमकमा आज (सोमबार) बृहत् जनचेतनामुलक तथा खबरदारी र्‍याली निकालिएको छ । 

लायन्स क्लब अफ दमक इष्टर्न लायनको मुख्य आयोजनामा निकालिएको र्‍यालीमा दमक स्थित विभिन्न क्याम्पस, विद्यालयका विद्यार्थीहरू, लायन्स क्लबसहित विभिन्न अधिकारवादी तथा सामाजिक सङ्घ संस्थाहरूको उल्लेख्य सहभागिता थियो ।

क्याम्पस मोडबाट सुरु भएको र्‍याली दमकको गणतन्त्र चौकमा पुगेर समापन भएको थियो । ¥यालीमा करिब ५ सयभन्दा धेरैको सहभागिता रहेको कार्यक्रम संयोजक युवराज खत्रीले जानकारी दिए । र्‍यालीमा सहभागीहरूले हात हातमा जनचेतमूलक र खरबदारीपूर्ण सन्देश लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए ।

र्‍याली समापन कार्यक्रममा दमक नगरपालिकाकी उप मेयर गीता अधिकारी, लायन्स क्लबका रिजन चेयर पर्सन प्रहर क्षेत्री लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । वक्ताहरूले विश्वमा बढ्दो मानववेचविखन नियन्त्रणका लागि नागरिकहरू आफैँ सचेत हुन आवश्यक भएकोमा जोड दिए । नेपालमा भारतसँगको खुला सीमा, आर्थिक विपन्नता र शैक्षिक चेतनाको कमीका कारण दलालहरूले मानव बेचबिखनको धन्दा चलाइरहेकाले तिनलाई नियन्त्रण गर्न कडाइका साथ लाग्नुपर्ने र कारबाही गर्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका आयोजक लायन्स क्लब अफ दमक इष्टर्न पलायनका मिडिया कोअर्डिनेटर विष्णु पौडेलले जानकारी दिए ।

लायन्स क्लब अफ दमक इष्टर्न लायनका अध्यक्ष विमल शर्माको अध्यक्षता र सेक्रेटरी किरण भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहभागिता जनाउने विभिन्न सङ्घ संस्था, क्याम्पस, विद्यालय समेतलाई सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरिएको आयोजक क्लबका राज अग्रवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू