अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

फिल्म ’छक्का पन्जा ३’ को पहिलो गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन १४ गते १०:४० मा प्रकाशित

फिल्म ’छक्का पन्जा ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ’पहिलो नम्बरमा’ बोलको गीतमा सम्पूर्ण कलाकार देखिएका छन् । गीतलाई राजेन्द्र थापाले लेखेका छन् भने यसमा सङ्गीत दीपक शर्माको रहेको छ । गीतमा डेविड शङ्कर र बिन्दु परियारको स्वर रहेको छ । गीतलाई कविराज गहतराजले कोरियो ग्राफ गरेका छन् । गीतमा सबै कलाकार सुहाउँदो भएकाले नै राखिएको निर्माण पक्षले जनाएका छन् । गीतमा दीपक राज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ सहित फिल्मकी निर्देशक दीपा श्री निरौला पनि देखिएकी छिन । दसैँमा रिलिज हुने फिल्मको प्रचारप्रसारको सुरुवात गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । फिल्ममा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट लगायतको अभिनय रहेको छ ।

फिल्मकी निर्देशक दीपा श्री हुन् भने यसमा कार्यकारी निर्माताको रूपमा जितु नेपाल र केदार घिमिरे छन् । अघिल्लो सिरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाईँ ‘निशान’ निर्माताको रूपमा रहेका छन् । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपक राज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल , यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपकसँगै अर्जुन पोखरेलको पनि सङ्गीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व , कविराज गहतराज र प्रवीण सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाङ्कन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग , सुजिल कर्माचार्यको पार्श्वसंगीत रहनेछ ।

दीपक राज गिरी ( फिल्मको पहिलो गीत ’पहिलो नम्बर’ मा हामी सबै अटाएका छौ । गीत राम्रो बनाउने कोसिस मात्र गरेका छैनौ , हाम्रै अघिल्लो फिल्म भन्दा केही फरक गर्ने कोसिस पनि छदैछ । यो डान्सीङ नम्बर हो , यसैले पनि यस गीतलाई लिएर निकै उत्साहित छौ , सम्पूर्ण टिम । गीत फिल्ममा पनि कथा अनुसार नै आउने हो । हाम्रो अघिल्लो फिल्मका गीतसङ्गीत झैँ यसलाई पनि माया गरिदिनु हुन्छ भन्ने विश्वास त छ नै साथै हामीले पनि दर्शक तथा श्रोताको आस अनुसार नै गीत तयार गरेका छौ जस्तो लागेको छ ।

दीपा श्री निरौला , निर्देशक ( फिल्मको पहिलो गीत खास हुनु पर्छ , त्यसैले यसलाई त्यही अनुरूप सार्वजनिक गरेका छौ । गीतमा हामी सबै छौ भने यसलाई नचाउने गीतको रूपमा तयार गरेका छौ । सबैले राम्रो मेहनत गर्नु भएको छ भने गीतमा म पनि छु । हामीले फिल्मलाई यही दसैँमा दर्शक समक्ष ल्याउदैछौ । अघिल्ला फिल्मको सिकाइले यसमा आफूलाई अझै परिष्कृत गर्ने प्रयास गरेका छौ । यो गीत खास भएकै कारण हामीले सबैलाई समेटेर तयार गरेका हौ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू