अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ साउन १४ गते ९:५९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा विभिन्न कविहरूको संयुक्त सँझनाको अवसरमा यही जुलाई २९, २०१८ मा सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा अध्ध्क्षता मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो भने मुख्य अतिथी डा. विष्णु देवकोटा हुनुहुन्थयो । कार्यक्रममा विभिन्न कविहरूको तस्बिरमा माल्यार्पण, राष्ट्रिय गान, विभिन्न कविहरूको सङ्क्षिप्त परिचय साथै नेपाली भाषामा कविहरुको योगदान र कृतिको वर्णन गरिएको थियो । साथै थुप्रै सहभागी कवि तथा कवीयत्रीहरूलो आ-आफ्नो रचनाहरू पढेका थिए । कविता पाठ गर्नुहुनेहरूमा उर्मिला निर्दोषी, माधवी कार्की, डा विष्णु देवकोटा, सदन पोखरेल, मनीषा शर्मा, बद्री अधिकारी, ज्ञानेन्द्र अधिकारी र बलराम पन्थी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षको “कार्यक्रमको सफलताको लागि हार्दिक शभु कामना सन्देश र अनेसास सम्बन्धी भन्नू भएको थियो । त्यसै गरी कार्यक्रमकमा मिजौरी च्याप्टरको नयाँ कार्य समितिको आह्वान गरिएको थियो । कार्यक्रम सञ्चालन मिजौरी च्याप्टरको सल्लाकार बलराम पन्थीले गर्नु भएको थियो । कार्यक्रमकमको अन्तमा जलपानको व्यवस्था गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू