अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

जापानमा भानु जयन्तीमा लिभिंग टुगेदरको विमोचन तथा हजार हाइकुको अन्तकृया सम्पन्न

बिआरटीनेपाल २०७५ साउन १४ गते ९:४५ मा प्रकाशित

टोकियो, जापान- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) जापान च्याप्टरको आयोजनामा भानुभक्त आचार्यको २०५ औ जन्म जयन्तीको अवसर पारी संस्थाको ४६ औँ नियमित साहित्यिक शृङ्खला सम्पन्न गरेको छ । 

कार्यक्रममा गोविन्द गिरी प्रेरणाको उपन्यास लिभिङ टुगेदरको विमोचन गरिएको थियो भने रामकुमार पाण्डे र प्रकाश पौडेल माइलाको हजार हाइकु माथि अन्तरक्रिया गरिएको थियो ।अनेसास जापान च्याप्टरका

संस्थापक अधक्ष्य डा कुमार बस्नेतको प्रमुख अतिथि,नेपाली भाषा विज्ञ हरुहितो नोजु ,साहित्यकार गोविन्द गिरी प्रेरणा,तथा साहित्यकार प्रकाश पौडेल माइला को अथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दीप पाठकले गर्नु भएको थियो ।

त्यस्तै अन्य अतिथिहरूमा पूर्व अध्यक्ष बेलुकाजी थापा,आलोक चालिसे सल्लाहकार पुष्कर जङ थापा, गायक रामक्रिश्न बम मल्ल, समुन्द्र राज पौडेल लगायत सन्तोष बाबु चोखाल, सुजन जोशी, पदम थगुन्ना, राम जङ कार्की, बाबुराम पौडेल लगायतका व्यक्तिहरू हुनुन्थ्यो ।

संगीता कुँवरको स्वागत मन्तव्य रहेको कार्यक्रम मा कार्यक्रमको सुरुवात नेपाली रास्टिय गानबाट गरिएको थियो । सो अवसरमा भानुभक्त आचार्यको तस्बिर मा फुल अर्पण गरी श्रद्धा र सम्मान प्रकट गरिएको थियो भने भानुभक्त आचार्यको बारेमा आलोक चालिसे ले बोल्नु भएको थियो ।

सम्पूर्ण अतिथि गडबाट सामूहिक रूपमा गोविन्द गिरी प्रेरणाको उपन्यास -लिभिङ टुगेदर विमोचन गरिएको थियो । बिमोचनपस्चात लिभिङ टुगेदरका कृतिकार गोविन्द गिरी प्रेरणाले आफ्नो कृति जापानमा विमोचन हुँदा खुसी लागेको बताउँदै सो कृति लेखनका विषयमा प्रकाश पार्नु भएको थियो ।

त्यसै गरी नेपाली बरीस्ट हाइकुकार रामकुमार पाडे र जापानमा बसेर हाइकुको अध्ययनमा लागिरहनु भएका हाइकुकार प्रकाश पौडेल माइलाको संयुक्त हाइकु सङ्रह हजार हाइकु माथि अन्तर्कृया कार्यक्रम गरिएको थियो । अन्तर्कृया कार्यक्रममा हजार हाइकु माथि बेलुकाजी थापा, जापानी साहित्य र हाइकुबारे हारुहितो नोजुले बोल्नु भएको थियो साथमा कृतिकार प्रकाश पौडेल माइला हजार हाइकु माथि बोल्दै जिज्ञासा र प्रश्नहरूको जवाफ दिनु भएको थियो । कार्यक्रममा गोविन्द गिरी प्रेरणा र प्रकाश पौडेल माइलालाई अनेसास जापान सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा रचना वाचन गर्नेहरूमा धुर्ब बन्जाडे, शेखर विकल्प, आनन्द अधिकारी, गिरिजा गैरे, हेमन्त गिरी, अरुण पौडेल, दीप पाठक, सरिता ढकाल, आलोक चालिसे, पार्थ सुबेदी, बाबुराम पौडेल हुनुन्थ्यो भने कार्यक्रम संस्थाका महासचिव अरुण पौडेलले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू