अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

जिम्बाबेमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै, मुगाबे आफ्नै उम्मेदवारको विपक्षमा

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:४६ मा प्रकाशित

अफ्रिकी मुलुक जिम्बाबेमा सोमवार राष्ट्रपति चयनका लागि निर्वाचन भैरहेको छ । ३७ वर्षसम्म सत्ताको वागडोर सम्हालेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल जानु–पिएफले उठाएका उम्मेदवारलाई समर्थन गर्न वताएको भोलिपल्ट शुरु भएको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति मुगाबेले आफ्नो दलले अघि सारेका उम्मेदवारलाई समर्थन गर्न नसक्ने वताउनुभएको थियो । ९४ वर्षीय मुगाबेले आफूलाई राष्ट्रपतिबाट हटाउने नेता वर्तमान राष्ट्रपति एमर्सन नान्गागावालाई समर्थन गर्न नसक्ने स्पष्ट पार्नुभएको हो ।

नान्गागावाको मुख्य प्रतिस्पर्धीका रुपमा विपक्षी दलका नेता नेल्सन चमिया मैदानमा उत्रनु भएको छ । पूर्वराष्ट्रपति मुगावेले राष्ट्रपतिमा उम्मेदवार भएकाहरु कसैलाई पनि समर्थन गर्न नसकिने भए पनि विपक्षी दलका नेता नेल्सन चमियालाई भने शुभेच्छा व्यक्त गर्नुभएको छ । मुगावेले लामो समयदेखि आफ्नो सहयोगीका रुपमा रहेका तथा वर्तमान राष्ट्रपति एमर्सन नान्गागावाको विपक्षमा उभिनुलाई आश्चर्यका रुपमा हेरिएको छ । जिम्बाबेमा अहिले पनि मुगाबे लोकप्रिय मानिनुहुन्छ । मूलतः जिम्वावेमा मुगावेले समर्थन गरेका उम्मेदवारले नै जित हात पार्ने विश्वास गरिन्छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे पदबाट हटेपछि जिम्बाबेमा पहिलोपटक निर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू