अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

सरकारलाई दिएको समर्थन फिर्ता लिने योजना छैन – राजपा नेता महतो

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:४१ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मन्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफूहरुको कुनै योजना नभएको वताउनुभएको छ । वर्तमान सरकारले नै संविधान संशोधन गर्नेमा आफूहरु विश्वस्त रहेकाले तत्काल समर्थन फिर्ता नगर्ने उहाँको भनाइ छ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार वोल्दै नेता महतोले समर्थन फिर्ता लिनेबारे पार्टीमा अहिलेसम्म कुनै छलफल भएको स्पस्ट पार्नुभयो । वर्तमान सरकार दुईतिहाइको भएकाले संविधान संशोधनका लागि पहल गर्नेमा आफूहरु आशावादी रहेको भन्दै नेता महतोले अहिले ‘पर्ख र हेर’ को स्थितिमा रहेको उल्लेख गर्नुभयो ।

नेता महतोले केही समयअघि मात्र संविधान संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएकाले संशोधनको प्रक्रिया अघि नबढे पार्टीले गम्भीररुपले छिनोफानो गर्ने वताउनुभयो । पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने भन्दै नेता महतोले अध्यक्षमन्डल रहने वा नरहने भन्ने विषय महाधिवेशनले टुंग्याउने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू