अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

संसदीय सुनुवाइ समितिको बैठक फेरि स¥यो, प्रधानन्यायाधीश नियुक्ती अन्योलमा

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:३२ मा प्रकाशित

संसदीय सुनुवाइ समितिको बैठक फेरि पनि सरेको छ । सोमवारको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने बारे निर्णय गर्ने अनुमान गरिएको थियो । अर्को बैठक पर्सिका लागि बोलाइएको छ । आजको बैठकले गम्भीरतापूर्वक विषयवस्तुमा छलफल गरेको भएपनि निचोडमा नपुगेको हुनाले अर्को बैठक बोलाईएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ । अस्ति बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक हिजोका लागि सरेको थियो । फेरि आज लागि बैठक तोकिएको थियो ।

सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उहाँको इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए । उजुरीका आधारमा समितिका सदस्यहले जोशीलाई प्रश्नसमेत सोधेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू