अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोषले लगे

बिआरटीनेपाल २०७५ साउन १३ गते १७:३२ मा प्रकाशित

काठमाडौँ – शनिवार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फस्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवास कटुवाल भएका छन् । नेसनल च्याम्पियन सिप विजेताहरू आगामी वर्ष भारत, श्रीलेका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ ।

नेसनल च्याम्पियनसिपका लागि ९ जना प्रतियोगी भिडेका थिए । पहिले नै यस्तै प्रतियोगितामा भाग लिइसकेका वा अन्य कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइसकेका प्रतियोगीहरू मात्र नेसनल च्याम्पियनसिपमा सहभागी हुन सक्ने प्रावधान थियो । त्यसै गरी नोभिस तर्फको विजेता सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फस्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भए । पहिले कुनै उपाधि हासिल नगरेका वा पहिलो पटक सहभागी भएकाहरू बिचमा यस प्रकारको बाइक रेसिङ प्रतियोगिता गराइएको थियो । यसलाई नोभिस क्याटागोरी नामाकरण गरिएको हो ।

विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सबै गरी २९ बाइक कुदाइएका थिए ।

विजयी प्रतियोगीहरूलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीता राम न्यौपाने लगायतले पुरस्कार वितरण गरे ।
उक्त च्याम्पियनसिपमा २५० सिसी सम्मका डर्ट बाइकहरू कुदाइएको थियो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा उक्त च्याम्पियन सिप सम्पन्न भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू