अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

मिस ग्रान्ड इन्टरनेशनल नेपालको प्रतिभा प्रदर्शन

सौरभ श्रेष्ठ, काठमाडौँ २०७५ साउन १३ गते १७:२५ मा प्रकाशित

मिस ग्रान्ड इन्टरनेशनल नेपाल–२०१८ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा शनिवार आयोजित उक्त ट्यालेन्ट राउन्डमा जम्मा १० जना सहभागीले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कसैले सांस्कृतिक प्रस्तुति राखेका थिए भने कसैले आधुनिक बेली नृत्य प्रस्तुत गरेका थिए त कतिले वाद्यवादन कला प्रस्तुत गरेका थिए त कसैले गायन कला अनि कसैले नाटक प्रस्तुत गरेका थिए । 
आर.के. इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित यस प्रतियोगितामा १० प्रतियोगी छन् । उनीहरू अन्तिम प्रतिस्पर्धाका लागि करिब एक महिना यता विभिन्न व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण गरिरहेका छन् । यसैक्रममा उनीहरूले आफूमा लुकेको प्रतिभा प्रस्तुत गरेका हुन् । उक्त ट्यालेन्ट राउन्डका निर्णायक मण्डलमा वरिष्ठ फेशन डिजाइनर उत्तम बनेपाली, नृत्य निर्देशक राजिव श्रेष्ठ, सङ्गीतकार तथा पत्रकार सरोज प्याकुरेल, नायक श्री देव भट्टराई, गीतकार तथा रेडियो नेपालका प्रमुख व्यक्ति भरत बोम्जन, पूर्व मिस ग्रान्ड नेपाल जेनस लामा रहेका थिए । 

सुष्मिता तामांग, सारा कपाली, प्राप्ति लक्ष्मी सेन, संजिता रानाभाट, माला थापा मगर, स्वेक्छा राई, सिवानी लामिछाने, रिया गैरे, इक्सा मादेन र उरुषा जोशी लगायतका प्रतियोगीहरू काठमाडौँ, पोखरा, नवलपरासी, चितवन, धरानबाट सहभागी भएका छन् ।

मिस ग्रान्ड नेपाल २०१८ को विजेताले नगद एक लाख, सुजीकी स्कुटर, मोबाइल फोन लगायतका पुरस्कार जित्नुका साथै नेपालको प्रतिनिधित्व गर्दै आगामी सेप्टेम्बरमा बर्मामा आयोजना हुने मिस ग्रान्ड इन्टरनेशनल वर्ल्डमा भाग लिने अवसर पाउनेछिन् । प्रतियोगिताको फाइनल साउन १९ गते हेरिटेज गार्डेन सानेपामा हुनेछ । 

 

प्रतिक्रिया