अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

दर्शक श्रोता नेपालद्धारा दर्जन बढिलाई सम्मान

बिआरटीनेपाल २०७५ साउन १३ गते १७:१२ मा प्रकाशित

काठमाडौँ । दर्शक श्रोता नेपाल सामाजिक संस्थाले राजधानीमा दर्जन बढिलाई सम्मान गरेको छ । संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा सो सम्मान गरेको हो । सो साधारण सभाले संस्थाका उपाध्यक्ष सन्तोष बजगाइको कार्य प्रगति विवरण र भावी कार्य योजना प्रतिवेदन र कोषाध्यक्ष विनोद नेपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सभाले संस्थाको कार्यसमितिमा सामान्य हेरफेर गरेको र रिक्त भएको कार्यसमितिको एक सदस्य पदमा सन्तोष दाहाललाई चयन गरेको महासचिव केशर लाल विश्वकर्माले जानकारी दिए । 

कार्यक्रममा समाजसेवी नृपवहादुर शाहले नेपाली गीत सङ्गीतमा सेन्सर बोर्डको माग गर्ने पहिलो आधिकारि संस्था भएकोले यो अभियानले पूर्ण रूप लिनु पर्ने बताए । साथै उनले अबको सम्भावना भनेकै सांस्कृतिक पर्यटनको भएकोले संस्थाले लिएको उद्देश्य निकै राम्रो भएको उल्लेख गरे । त्यढस्तै, संस्थाका सल्लाहकार सदस्य ओम भण्डारी तथा अजय अलङ्कार कुलुङले संस्थाले गरेको कार्यप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि संस्था निरन्तर अघि बढ्नेमा आशा व्यक्त गरे ।

कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरूलाई सम्मान–पत्र वितरण गरिनुका साथै आजीवन सदस्यलाईपनि प्रमाणपत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष केशव भट्ट, उपाध्यक्ष सन्तोष बजगाईँ, महासचिव केशर लाल विश्वकर्मा, सचिव पार्वत तिवारी, कोषाध्यक्ष भवानी राउत, सह–कोषाध्यक्ष रञ्जना अधिकारी, सदस्यहरू सविना सिवाकोटी, भरत विश्वकर्मा, पृथ्वीकुमारि पुलामि, जीवन थापा रहेका छन् । त्यस्तै संस्थाका आजीवन सदस्य श्याम प्रसाद घिमिरेलाई समेत सम्मान गरेको छ । साथै संस्थाको वेबसाइट निर्माण गरिदिने संस्था क्यानोपस टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक तथा सह प्रबन्धक विकास श्रेष्ठलाई समेत सम्मान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू