अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

अग्नीदहको लोकार्पण

बिआरटीनेपाल २०७५ साउन १३ गते १६:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा अनेसास नेपालका सल्लाहकार एवं गुन्जनका अध्यक्ष वरिष्ठ कथाकार हिरण्य कुमारी पाठकको नविनतम कथा कृति “अग्नीदह” को लोकार्पण समारोह आज २०७५ साउन १३ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र अनेसासका वरिष्ठ उपाध्यक्ष एवं नेपालका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भयो ।

नारी स्वर त्रैमासिक सह आयोजक रहेको सो समारोहमा साहित्यकारहरू कुलपति गङगाप्रसाद उप्रेती, विमोचित कृतिका सर्जक हिरण्य कुमारी पाठक, प्राज्ञ गीतकार उन्नति बोहरा सिला, डा. देवी नेपाल, डा. शान्ति माया गिरी, मञ्जु काँचुली, दामोदर पुडासैनी, नम्रता शर्मा, यादव भट्टराईलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने सर्जक पाठकलाई सम्मान पनि गरिएको थियो ।

सोही कार्यक्रममा प्रा. डा. माधवी सिंह, इल्या भट्टराई, राधिका गुरागाइ, ईश्वरी लामा याचाकी, सरु सुवेदी, शोभा श्रेष्ठ र मिरा देवी काफ्लेलाई अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र र ब्याच प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू