अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन १३ गते ८:०१ मा प्रकाशित

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियाको लोमोक टापु सबैभन्दा बढी प्रभावित भएको छ । भुकम्पका कारण बालीबाट ४० किलोमिटरको दूरीमा रहेको लोम्बोक टापु ध्वस्त भएको छ ।

भूकम्पमा परी कयौं घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । भूकम्पका कारण दर्जनौं घर र सवारी साधनमा क्षति पुगेको छ । रातको समयमा भूकम्प गएकाले धेरै मानिस प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । भूकम्प प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू