अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

डा. गोविन्द केसी हत्यारा हुन्, कारवाही गर्नुपर्छ – नेकपा सांसद गंगा चौधरी

बिआरटीनेपाल २०७५ साउन १३ गते ७:५५ मा प्रकाशित

सत्तारुढ दलकी सांसद गंगा चौधरीले प्रध्यापक डा. गोविन्द केसी हत्यारा भएकाले उहाँलाई कारवाही गर्नुपर्ने वताउनुभएको छ । आइतबार प्रतिनीधिसभा वैठकमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै केसीलाई कारवाही गर्न माग गर्नुभयो ।

चौधरीले डा. गोविन्द केसीको अनसनले गर्दा दाङका गोविन्द चौधरीको मृत्यु भएको उदाहरण पेश  गर्नुभएको थियो । आन्दोलनको नाममा शिक्षण अस्पतालले गोविन्दलाई उपचारको लागि भर्ना गर्न नमान्दा उनको मृत्यु भएको उल्लेख गर्दै सांसद चौधरीले मृत्युको जिम्मा काङग्रेसले या गोविन्द केसी कस्ले लिने हो भनी प्रश्न गर्नुभयो ।

सांसद चौधरीले मुलुक संघीययतमा गइसकेपछि यसबारे केन्द्र सरकारले नभई प्रदेश सरकारलाई नै निर्णय गर्न दिनुपर्ने पनि वताउनुभयो । संसदमा दोस्रो पटक दर्ता भएको चिकित्सा शिक्षा विधेयकको संसदमा आजबाट सैद्धान्तिक छलफल सुरु भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू