अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 21:57

संसदीय प्रक्रियामा चिकित्सा शिक्षा विधेयक अघि बढ्यो

बिआरटीनेपाल २०७५ साउन १३ गते ७:५४ मा प्रकाशित

 

सरकार र डा. गोविन्द केसीबीच भएको सहमति संसदीय प्रक्रियामा अघि बढेको छ । केसी र सरकारबीचको सहमतिपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि प्रतिनिधि सभाममा सैद्धान्तिक छलफल सुरु भएको हो । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यस प्रस्तावमा सत्तारुढ र विपक्षी दुवै सांसदहरुले छलफलमा भाग लिएका थिए ।

सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव ध्वनीमतका आधारमा बहुमतले पारित भएको घोषणा सभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो । विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पारित गर्दै स्थगित भएको प्रतिनिधि सभा बैठक साउन १६ गते बुधबार बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू