अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

गण्डकी प्रदेश – सबै कानुन संशोधनको तयारी

बिआरटीनेपाल २०७५ साउन १३ गते ७:५२ मा प्रकाशित

गण्डकी प्रदेश गठनको ६ महिनायता प्रदेशसभाले बनाएका सबै कानुनहरु संशोधन गर्ने तयारी गरिएको छ । आईतबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले कानुन संशोधनको प्रस्ताव पेश गर्नुभएको छ । उहाँले प्रदेशसभा नियमावली २०७४ को नियम १०६ बमोजिम कानुन संशोधनको प्रस्ताव टेबुल गर्नुभएको छ । प्रस्ताव पेश गर्दै मन्त्री चुमानले पारित भएका कानुनहरुको नाम परिवर्तन गर्नुपर्ने भएकोले संशोधन गर्न लागिएको जानकारी दिनुभएको छ ।

कानुनहरु संशोधनको लागि प्रदेशसभामा प्रस्ताव पेश गर्न अघिल्लो बुधबारको मन्त्रिपरिषदको बैठकले सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । गण्डकी प्रदेशसभाले सबैभन्दा पहिले प्रदेशसभा नियमावली, २०७४ लाई फागुन २५ गते पारित गरेको थियो । तर, यो नियमावली यसभन्दा अगाडि चैत २६ गते नै पहिलोपटक संशोधन गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू