अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 00:30

डा. गोविन्द केसीको अनशनमा सम्पादकको ऐक्यवद्धताप्रति संचारमन्त्री आक्रोशित

बिआरटीनेपाल २०७५ साउन १३ गते ७:५१ मा प्रकाशित

 

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचारमाध्यमका सम्पादकप्रति असन्तुष्टि जनाउनुभएको छ । आइतबार पोखरामा आयोजित दयाशंकर स्मृति पत्रकारीता पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले उक्त कुरा वताउनुभएको हो । कुनै व्यक्तिको पक्षमा सम्पादकीय पक्ष हुन सक्ने भएपनि वक्तव्य नै जारी गर्ने स्वतन्त्रता वारे आफुले वुझ्न नसकेको उहाँको भनाई छ ।

मन्त्री बास्कोटाले डा. केसी प्रकरणमा सम्पादकले गरेको सर्मथनको आलोचना समेत गर्नुभयो । समाचार प्रकाशन प्रसारणको सवालमा मिडियाकर्ता आरोप कर्ता नभै आलोचक बन्नु पर्ने उहाँको ठहर थियो । पछिल्लो समय मुलुकभित्र फस्टाउदै गएको अनलाईन संचारमाध्यमलाई पनि मूल पत्रकारिताको विषयभित्र ल्याउने गरि कानुन बनाउने मन्त्री वास्कोटाले वताउनुभयो । सामाजिक सञ्जाल र अनलाइन एउटै हो भन्ने सन्देश गएकोले पनि अनलाइनलाई व्यवस्थीत गर्नका लागि कानुनी प्रावधान ल्याउन लागिएको उहाँको भनाई थियो ।

कार्यक्रममा मन्त्री वास्कोटाले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहनु भएका पत्रकार धर्मेन्द्र झालाई दयाशंकर स्मृति पत्रकारीता पुरस्कार वाट सम्मानीत गर्नुभएको थियो । पुरस्कारको राशी नगद २५ हजार सहित दोसल्ला र प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू