अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

जापानमा सामुदि«क आँधी , जनजीवन प्रभावित

बिआरटीनेपाल २०७५ साउन १२ गते ९:०७ मा प्रकाशित

जापानमा आएको शक्तिशाली समुद्री आँधीका कारण जनजीवन प्रभावित भएको छ । १८० किलोमिटर प्रतिघन्टाको वेगमा आएको आँधीका कारण सयौं हवाई उडान रद्ध गरिएका छन् । ‘जोङदारी’ नाम दिइएको आँधीले होन्शु टापुमा भूस्खलनको खतरा बढेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

जापानको मौसम विभागले मानिसलाई घर छाड्ने तयारी गर्न सुचित गरेको छ । बाढी र गर्मीका कारण करिब ३०० जनाको मृत्यु भएको एक महिना नबित्दै जापान अर्को प्राकृतिक प्रकोपको मारमा परेको छ । जुलाईमा आएको भारी वर्षाका कारण ८० लाख मानिसले आफ्नो बासस्थान छाड्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू