अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

क्यालिफोर्नियामा डढेलोका कारण हजारौं मानिस प्रभावित, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन १२ गते ९:०३ मा प्रकाशित

संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोका कारण हजारौं मानिस प्रभावित भएका छन् । शास्ता काउन्टीमा फैलिएको डढेलोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भएको छ ।

करिब ३७ हजार मानिस आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । तीनजना मानिस हराइरहेका छन् । हावाहुरीका कारण डढेलो थप क्षेत्रहरुमा सल्किरहेको अधिकारीहरुले जनाएका छन् । क्यालिफोर्नियामा यो डढेलो विगत १० वर्षयताकै सबैभन्दा खराब मानिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू