अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

चिकित्सा शिक्षा विद्येयकले समग्र समस्याको समाधान गर्न सक्दैन् – पुर्वमन्त्री साउद

बिआरटीनेपाल २०७५ साउन १२ गते ८:५४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पार्नुभएको छ । अहिलेको मुद्दा सबै नागरिकले शिक्षाको समान अवसर र सबै नेपालीहरुले आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने रहेको उहाको भनाई छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले डाक्टर गोविन्द केसीले उठाएको गुणस्तरीय स्वास्थ्य शिक्षाको मागप्रति आफ्नो पार्टी विगतदेखि नै सकारात्मक रही आएको दोहो¥याउनुभयो । हिमाल, पहाड र तराई सबै ठाउँमा समान स्वास्थ्य सेवा पु¥याउने रोडम्याप चाहिएको उहाँको वताउनुभयो । नेता साउदले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसारको संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयकले अहिलेको समग्र समस्याको समाधान नगर्ने समेत स्पष्ट पार्नुभएको छ ।

नेपालबाट चीन, भारत, पाकिस्तान, बंगलादेश र रसिया लगायतका विभिन्न देशमा ठूलो संख्यामा मेडिकल शिक्षा अध्ययनको लागि विद्यार्थीहरु विदेश जाँदा नेपालको ठूलो लगानी विदेशिएको बताउँदै साउदले यसबारेमा सरकार र गोविन्द केसी दुवै पक्ष संवेदनशील बन्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू