अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं –अधिवक्ता अर्याल

बिआरटीनेपाल २०७५ साउन १२ गते ८:४७ मा प्रकाशित

अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने वताउनुभएको छ । शनिवार काठमाण्डौंमा आयोजित कार्यक्रममा वोल्दै गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य समेत रहनुभएका अर्यालले डाक्टर केसीको अनशनलाई उदाहरणीय कामको संज्ञा समेत दिनुभयो ।

उहाँले वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नैतिकता संकटमा परेको गुनासो गर्नुभयो । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ समूहको घेराबाट बाहिर आएर केदारभक्त माथेमा र स्वतन्त्र समूहको कुरा सुनेको अर्यालको दावी थियो । गोविन्द केसी अनशन प्रकरणमा प्रधानमन्त्रीले आफैंले पहल लिएकोले नै सहमति सम्भव भएको उहाको भनाई थियो । सहमतिमार्फत सवैको जित भएको उल्लेख गर्दै उहाँले सम्झौता कार्यान्वयनमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू