अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

७११ ले अझै अभिभावक भेट्न पाएनन्

बिआरटीनेपाल २०७५ साउन १२ गते ७:३७ मा प्रकाशित

एजेन्सी, अदालतको आदेशका बाबजुद आप्रवासीका सयौँ बालबालिका बाबु आमाभन्दा टाढा बस्नु परिरहेको छ । यता सङ्घीय सरकारले भने ‘योग्य सबै’ बालबालिका म्यादभित्रै उनीहरूको बाबु आमासम्म पुगिसकेको बताएको छ । बाबु आमासम्म पुग्न दिनेसम्बन्धी अदालती आदेशको म्याद बुधवार सकिएको छ । अभिभावकसँग अलग्याइएका ७ सय ११ बालबालिकाको भविष्य के हुने भन्ने अझ प्रष्टिसकेको छैन ।

ट्रम्प प्रशासनले अदालतको आदेशको पालना गर्दै सीमा क्षेत्रबाट अलग्गिएका हजारौँ आप्रवासी परिवारलाई सँगै पारिएको जस लिएको थियो । विछडिएकामा सयौँको सङ्ख्यामा बालबालिका थिए ।
ह्वाइट हाउसले ‘जेरो टोलरेन्स’ नीति लिएपछि ७ सयभन्दा बढी बालबालिका अभिभावकसँग अलग्गिनु परेको थियो । यो नीति लागू भएपछि कानुनी रूपमा राजनीतिक संरक्षण माग गरिरहेका परिवारलाई अलग पारिएको थियो । बालबालिकालाई आप्रवासीको बन्दी गृह पुग्न बाध्य पारिएको थियो ।

कागजात विहीन आप्रवासीका केटाकेटी बन्दीगृहबाट टेक्ससको एक बस स्टेसनमा छोडिँदै । ट्रम्प प्रशासनले सबै योग्य बालबालिका (झन्डै १ हजार ८ सय) म्याद सकिनु अघि नै परिवारसम्म पुगिसकेको बताएको छ । ट्रम्प प्रशासनको दाबी अनुसार ७ सयभन्दा बढी विशेष खालका यस्तै मुद्दा बाह्य परिस्थितिका कारण समाधान हुन सकेका छैनन् ।

इन्डिपेन्डेन्ट डट सिओ डट युकेले केही बालबालिका अझ अलग रहनुको कारण उनीहरूको अभिभावकको आपराधिक रेकर्ड र सरुवा रोग हो । तर, अमेरिकाले डि पोर्ट गरिसकेकाले वा देश छाडिसकेकाले धेरैजसो बालबालिकाले अभिभावक भेट्न नपाएको उक्त अनलाइनको भनाइ छ उक्त अनलाइनले जनाएको छ ।

अदालतको तथ्याङ्क अनुसार कम्तीमा ४ सय ३१ बालबालिकालाई सीमा क्षेत्रबाटै अभिभावकसँग अलग गरिएको हो । अर्का १ सय २० अभिभावकले आफ्ना बालबालिकासँग बस्न नपाउने कागजातमा हस्ताक्षर गरेका छन् । कतिपयलाई त्यस्तो कागजातमा बाध्य बनाएर हस्ताक्षर गरिएको र कतिपयले अन्जानमा हस्ताक्षर गरेको भन्दै अदालतमा मुद्दा चलिरहेको छ । अभिभावकसँग अलग्याइएका ७ सय ११ बालबालिकाको भविष्य के हुने भन्ने अझ प्रष्टिसकेको छैन ।


फोटो: रोयटर्स

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू