अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

महेशको ‘नाच फिरिरि’मा निश्चल र स्वस्तिमाको जोडी

बिआरटीनेपाल २०७५ साउन १२ गते ६:५७ मा प्रकाशित

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनीत “नाच फिरिरि” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विभिन्न समयमा यो जोडी एक साथ चलचित्रको पर्दामा आउने कुराले चर्चा पाइरहेको हुन्छ । अन्ततः यो जोडीले पहिलो पटक म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् ।

जी २१ डिजिटलको प्रस्तुति रहेको गीतमा महेश काफ्ले र मलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द सङ्गीत रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् । पोखरा आसपासका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका छन् । भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन् । जिटुवान डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया