अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

बढी लगानी गर्ने व्यवस्थापकसँग स्पष्टीकरण माग

बिआरटीनेपाल २०७५ साउन ११ गते २०:४० मा प्रकाशित

धितोपत्र बोर्डले बैंक निक्षेपमा सीमाभन्दा बढी लगानी गर्ने सामूहिक लगानी कोष योजना व्यवस्थापकहरुसँग स्पष्टीकरण माग गरेको छ । बोर्ड शुक्रबार विज्ञप्ति जारी गरी स्पष्टिकरण मागेको जनाएको छ ।

सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्नेछ भन्ने व्यवस्था छ । तर, सिटिजन म्युचुअल फण्ड अन्तर्गतको सिटिजन म्युचुअल फण्ड–१ को योजना व्यवस्थापक सि.वि.आइ.एल. क्यापिटल लि., एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमवि सुलभ इन्भष्टमेन्ट फण्ड–१ र एनएमवि हाइव्रिड फण्ड–१ को योजना व्यवस्थापक एनएमबि क्यापिटल लि., लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड–१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लि. र एनआइसि एशिया म्युचुअल फण्ड अन्तर्गतको एनआइसि एसिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसि एशिया क्यापिटल लि.द्वारा संचालित योजनाले उक्त सीमा नाघेर लगानी गरेको छ । बोर्डमा पेश गरेको मासिक खुद सम्पत्ति सम्बन्धी विवरण अनुसार लगानी बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी देखिएको हो । त्यसपछि स्पष्टिकरण मागिएको हो ।

स्पष्टिकरण माग्नु अघि बोर्डले स्थलगत निरिक्षण समेत गरेको थियो । त्यसमा पनि सीमाभन्दा बढी लगानी गरेको पाइएको थियो । यसबाट सामूहिक लगानी कोष नियमावली २०६७ उल्लंघन भएपछि ती योजना व्यवस्थापकहरुसँग धितोपत्र सम्बन्धी ऐन,२०६३ र नियमावली, २०६४ बमोजिम कारवाही किन नगर्ने भनी १५ दिनको म्याद दिई स्पष्टीकरण माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू