अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

भारत र चीनबीच सीमा क्षेत्रलाई शान्त बनाउने पुनः प्रतिवद्धता

बिआरटीनेपाल २०७५ साउन ११ गते ९:०१ मा प्रकाशित

भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताउनुभएको छ ।
विश्वका उदाउँदो अर्थतन्त्र भएका पाँच मुलकहरूको संगठन (ब्रिक्स) सम्मेलनको शिलशिलामा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपतिको भेटवार्ताबारे जानकारी गराउँदै भारतीय विदेश सचिवले भन्नुभयो,“ भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा क्षेत्रमा शान्ति र अमनचैन कायम राख्न आवश्यक पर्ने निर्देशन दिन दुवै देशका सैनिक नेतृत्वलाई निरन्तर सल्लाह दिने पुनः प्रतिवद्धता जनाउनुभयो ।” यसबाहेक चिनियाँ प्रतिनिधिमण्डलले व्यापार र निर्यात प्रवद्र्धनका लागि यही अगष्ट १ र २ मा चीनको भ्रमण गर्ने पनि गोखालेले बताउनुभयो ।

“भारतीय प्रधानमन्त्री मोदीले यस पहिले चिनियाँ राष्ट्रपतिसँगको भेटमा खासगरी भारतीय कृषिजन्य उत्पादनको चीनमा निर्यात बढाउने सम्बन्धमा महत्वपूर्ण कुराकानी भएको र यसै सन्दर्भमा भारतीय प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्न लागेको हो,” विदेश सचिव गोखालेले भन्नुभयो ।

गत अप्रिलमा भएको चीनको उहानमा भएको सम्मेलनका क्रममा भएका सहमतिलाई कार्यान्वयनमा लान पनि दुई नेता आ–आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँहरूले जनता–जनताबीचको सम्वन्ध विस्तार गर्न विशेष संयन्त्रलाई विकास गरेर अघि बढ्ने पनि जनाउनु भएको थियो । दुई नेताबीच यही नोभेम्बरमा अर्जेन्टिनामा हुने जि–२० सम्मेलनमा पुनः भेट हुने र आपसी हितका सम्बन्धमा थप कुराकानी हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू