अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने सभापति देउवा

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:४५ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनुभएको छ । 

गैँडाकोटमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उहाँको भनाइ थियो ।

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न  गैँडाकोट पुग्नु भएका देउवाले पत्रकारसँग कुराकानी गर्दै तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाउनुभयो ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताउनुभयो । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उहाँले आरोप लगाउनुभयो ।

फरक प्रसंगमा उहाँले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू