अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:०९ मा प्रकाशित

सरकारले आफ्नोे वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई वुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आर्थिक वर्ष को प्रतिवेदन शुक्रवार राष्ट्रपतिलाई वुझाउनुभएको हो । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय,राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु,सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ ।

आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका बिधयकहरू, २१ नियमावली, ९ बिषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधी स्वीकृत भएको वताईएको छ । सो कार्यविधी अनुसार संघीय शासन प्रणाली अनुरुपको कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओली जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्रतिवेदनमा प्राथमिकीकरण गरिएको वताउनुभयो । संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यन्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको उहाको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू