अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

संसदमा स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत हुन नेकपाको सांसदलाई निर्देशन

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:०६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदमा पार्टीको भूमिका कमजोर भएको भन्दै स्पष्ट र प्रभावकारी ढंगबाट प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । आज बिहान बसेको पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले निर्देश गरेका बिषय निष्पक्ष तथा स्पष्ट ढंगले संसदमा राख्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

प्रतिपक्षी दलका केही सांसद विरोधमा उभिदैमा संसदको काम कारबाही प्रभावित हुन नहुने भन्दै त्यस्तो अवस्था आए सशक्त प्रतिकारमा उत्रन पनि उहाँले आग्रह गर्नुभयो । प्रतिपक्षी दलहरुले सरकारको कामकारबाहीलाई लिएर जनमानसमा नकारात्मक टिप्पणी बढाउँदै लगेको भन्दै उहाँले आफ्नो योजनामा सरकार नझुक्ने र यस्ता गतिविधिलाई वैधानिक बाटोबाट नियन्त्रण गर्ने उल्लेख गर्नुभयो ।

संसदमा शीर्ष नेताहरुले गर्ने सम्बोधन माथि टिप्पणी गर्दा पनि पार्टीको लाईनभन्दा बाहिर नजान ओलीको आग्रह थियो । बैठकमा डा. गोविन्द केसीसँग भएको सम्झौताबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको नेकपा श्रोतले जनाएको छ

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू