अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

चितवनको चुम्लिङ्गटारमा यात्रुवाहक वस दुर्घटना, ७ जनाको मृत्यु, २१ जना घाईते

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:०२ मा प्रकाशित

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङटारमा शुक्रबार भएको यात्रुबहाक बस दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी ४ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३ जना घाईतेको भरतपुरमा उपचाररत अवस्थामा मृत्यु भएको हो ।

काठमाण्डौंवाट स्याङजा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाई त्रिशुली नदी किनारमा खसेको थियो । वस सडकबाट करिव सय मिटर तल खसेर खोंचमा अड्किएको थियो । दुर्घटनामा मृत्यु भएका केहीको मात्रै पहिचान खुलेको छ ।

मृत्यु भएका हरुमध्ये पाल्पा बेगनाश कालिकाका ३२ वर्षका अर्जुन न्यौपाने, तनहुँ केशवटारका ४० वर्षका बाबुराम तिवारी, काठमाडौंका ३० वर्षका रबीन गुरुङ, तनहुँ भन्सारका २७ वर्षिया कमला श्रेष्ठ र तनहुँ भानु ५ का सुमित श्रेष्ठको सनाखत भएको चितवन प्रहरीले जनाएको छ ।

तर, अन्दाजी २ वर्षका एक बालक र १९ वर्षकी एक महिलाको सनाखत भएको छैन । २१ घाइतेको भरतपुर चितवनस्थित पूरानो मेडिकल कलेज र पोखरामा उपचार भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभएको छ । दुर्घटनाग्रस्त वस खोंचमा अड्किएकोले ठुलो मानविय क्षती हुन नपाएको वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू