अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

एन्टाको वार्षिक सम्मेलन सम्पन्न

विजय थापा २०७५ साउन ११ गते ०:०३ मा प्रकाशित

डिसी एसोसिसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा )को वार्षिक सम्मेलन अमेरिकाको टेक्सस राज्यको ओडेसा सहरमा सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष डा सुबोध मल्लिक डा. सुबोध मल्लिक द्वारा प्रायोजित बहा कै विशाल निवास भवनमा गत जुलाई ६ – ८ सम्म तीन दिने मधेसी भेला भएको थियो । 

एन्टा ग्रेटर हुस्टन शाखा तथा शाखा अध्यक्ष डा. कौशल झा को सक्रियतामा कार्यक्रम सम्पन्न यो मधेसीहरूको पारिवारिक भेला समेत रहेकोले परिवारका अन्य सदस्यहरू समेत को उपस्थिति रहेको थियो ।

संस्थाको कार्यक्रम गत जुलाई ६ शुक्रवार बेलुका महिलाहरूको मेहदी बाट सुरु भएको थियो । एन्टाका आजीवन सदस्य रेखा कर्णको प्रयासले धेरै जना एन्टा आजीवन सदस्य समेत बनेका थिए ।

यसै बिच दुई जना संस्थाका सदस्यहरूको जन्म दिन त्यही समय परेकोले मनाइएको थियो । सो दिन सांस्कृतिक कार्यक्रम गरी पहिलो दिनको सम्मेलन समाप्त भएको थियो ।

गत जुलाई ७ तारिख एन्टाका दुईवटा सत्र हरू सम्पन्न भएको थियो भने नेतृत्व तालिमका वक्ताहरू-संस्थापक अध्यक्ष रतन झा ,एन्टाका आजीवन सदस्य तथा नेपाली इन्जिनियर्स सङ्घका अध्यक्ष डा उपेन्द्र कर्ण, पूर्व कोषाध्यक्ष डा विजय झा, आजीवन सदस्य डा सतिश मल्लिक, साटियो धीरज चौधरी, ओहायोका शाखा अध्यक्ष लक्ष्मी मण्डलले आफ्नो अनुभव तथा नेतृत्वमा हुनु पर्ने गुणबारे बोलेका थिए ।

सुबोध उप्रेती, पूर्व एन्टाका शाखा अध्यक्ष देवेन्द्र कर्ण तथाकुशेसर मण्डलले पनि बहसमा भाग लिएका थिए । डा.सुनिल राय लेमधेशी एकताको आफू सधैँ हिमायती रहेको कुरा बताएका थिए । एन्टाका सल्लाहकार डा.अखिलेश सिंह ले कुनै सङ्गठनको अगुवामा हुनु पर्ने विशेषता बारे कम्पुटरको माध्यमले बताएका थिए ।

पूर्व एन्टा अध्यक्ष ललित झा तथा पूर्व शाखा अध्यक्ष धमेन्द्र ठाकुरले विधान समय अनुसार परिवर्तनशील हुनुपर्छ भन्ने तर्क राख्दै केही संशोधनको सुझाव दिएका थिए ।

वरिष्ठ उपसभापति तथा परियोजना समितिका प्रमुख डा मल्लिकको अगुवाइमा परियोजना समितिको बैठक बसेको थियो । बैठकमा अन्य परियोजना प्रोजेक्ट को अतिरिक्त दुई वटा नयाँ परियोजनाको प्रस्ताव राखिएको थियो ।

डा अर्चना कायस्थद्वारा स्वास्थ्य परियोजना तथा ग्रेटर न्यु योर्क शाखाका अध्यक्ष निलु झाद्वारा शिक्षा परियोजना बारेमा प्रस्ताव आएको थियो । यो दुवै नेपालमा हुने परियोजनाहरूको निर्णय एन्टा कार्यकारिणी समितिले गर्ने बताएका छन् ।

महिला समिति प्रमुख डा. अर्चना कायस्थको अगुवाइमा महिला समितिको बैठक बसेको थियो । सहभागी महिला वक्ताहरूमा उषा झा, मधु तिवारी, काजल किरण, मुनमुन ठाकुर, रश्मि ठाकुर, निलम मल्लिक, लक्ष्मी बछार, ममता शर्मा, मञ्जु सिंह, अनिता मण्डलले आफ्नो विचार ,अनुभव तथा सल्लाह दिएका थिए ।

उक्त महिला समितिले हामी एन्टा हामीका कारण यसरी एक ठाउँमा भेला हुने मौका पाएका छौ । यस्ता जमघट भई राख्नु पर्छ, यसले गर्दा मधेसी परिवार नजिक आउने मौका पाउँछ र आफ्नो अनुभव साटा साट गर्दा एक अर्का लाई फाइदा हुन्छ भन्ने बताएका थिए ।

सम्मेलनमा सहभागी भएका युवायुवतीहरूले पनि युवा समितिको बैठक गरेका थिए । युवा वक्ताहरू-डा.मोनिका मल्लिक, श्री जना मण्डल, भबेस राउत, सिँढी चौधरी, नेहा झा, प्रियंका शर्मा, रजत झा, अवनतिका मल्लिक, अनिशा मल्लिक, धृति ठाकुरले अङ्ग्रेजीमा बोले पनि आफ्नो संस्कृति र अग्रज प्रति धेरै सम्मान देखाएका थिए ।

एन्टाले हाम्रो युवाहरूलाई प्रोत्साहन गर्न केही कार्यक्रम अगाडी सारेको छ । राम्रो शिक्षा तथा संस्कार हाम्रो समाजलाई बलियो बनाउँछ ।

गत शनिवार साँझ डा. मल्लिक का पिताजी डा वीरेन्द्र कुमार मल्लिक तथा माताजी श्याम कला मल्लिकको साठी औ विवाह वर्षगाठमा मल्लिक परिवार र नातेदारहरू, स्थानियमित्रहरु, एन्टा परिवार सबै मिलेर धूमधामसँग मनाएका थिए ।

आइतबार बिहान एन्टा राउन्ड टेबुल बैठकमा महासचिव डा इन्द्र देव साहु द्वारा तैयार पारिएको एन्टाले वर्षभरिमा गरेको उपलब्धिहरूलाई सह सचिव डा जितेन्द्र ठाकुर ले प्रस्तुत गरेका थिए ।

साथै कोषाध्यक्ष मुकेश कर्णद्वारा तैयार पारिएको एक वर्ष को आय-व्यय पनि प्रस्तुत गरिनुको साथै छलफल भएको थियो । अध्यक्ष विजय सिंह लगायत त्यहाँ उपस्थित एन्टा परिवारका सदस्यहरूले हाम्रो वरिष्ठ उप सभापति डा.मल्लिक, श्रीमती मल्लिक तथा मल्लिकपरिवारलाई एन्टा सम्मेलनको सम्पूर्ण जिम्मेवारी लिएर भव्य सफल तथा उत्कृत सत्कार गर्नु भएको कृतज्ञता ज्ञापन गरेको छ ।

साथै कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । डा. सुबोध मल्लिक र श्रीमती मल्लिकले आफू सबैको आतिथ्य -सत्कार गर्ने मौका पाउँदा धेरै धन्य भएको विचार व्यक्त गरेका थिए । बिदा हुने वेलामा आमा श्याम्कला मल्लिकले सबैलाई तथा महिलाहरूलाई आशीर्वादको साथ एक -एक सारी दिएर बिदा गरेकी थिइन् ।

हुस्टन देखि ओडेसासम्मको गाडीमा भएको यात्रा १६ घण्टाको बाटो गायन र दृश्य अवलोकनले बाटो काटेको थाहा नपाइएको एन्टाका केन्द्रीय अध्यक्ष विजय सिंहले बताए । यो सम्मेलन मधेसी मेला झैँ थियो, किनकि यसमा अमेरिका निवासी मधेसीहरूको खुला निमन्त्रणको साथ -साथै मधेसी खाना र मधेसी संस्कृतिको प्रस्तुति भएको थियो ।

एन्टा सम्मेलनको बैठक झैँ रहन पुग्यो भने मधेसका विभिन्न जातहरू एउटा मधेसी परिवार भएर तीन दिन सम्मसँगै बसेका थिए । उक्त भेलामा एन्टामा एक वर्ष मा भएको गतिविधि, आगामी कार्यक्रमबारे छलफल, सङ्गठनलाई बलियो बनाउने सल्लाह विमर्श आदि कुराहरू मुख्य कार्यसूची रहेको थियो ।अमेरिकामा पहिलो पटक भएको एन्टा, मधेसी सम्मेलनले मधेसीहरूलाई नजिक ल्याउँछ भने विश्वास रहेको संस्थाका अध्यक्ष विजय कुमार सिंहले ईनेप्लिजलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया