अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

भदौ ८ मा ‘रेनी’, यस्तो छ फस्टलुक

बिआरटीनेपाल २०७५ साउन १० गते १८:४८ मा प्रकाशित

नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेमकथानक फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको हो ।
बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।
काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् । जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।

प्रतिक्रिया