अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

अमेरिकामा गोली प्रहारबाट नेपाली महिला सख्त घाइते

बिआरटीनेपाल २०७५ साउन १० गते ०:०९ मा प्रकाशित

अमेरिकाको ओक्लोहमा राज्यको एटोका स्थित ‘बडिज ह्याण्डी मार्ट’ नामको स्टोरमा कार्यरत नेपाली चेली रचना श्रेष्ठ माथि एक अश्वेत वर्णका व्यक्तिले सोमवार मध्यान्ह अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटना लगत्तै एअर-लिफ्ट गरिएकी रचनाको टलसा अक्लोहमा स्थित सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ। शरीरका विभिन्न भागमा गोली लागेकी घाइते रचनाको उनको शरीरबाट गोलीहरू निकालिने क्रम जारी रहेको र स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ।

नेपालमा गोरखा जिल्ला घर भएकी २५ वर्षीय घाइते रचनाको श्रीमान् कपिल श्रेष्ठ र अढाई वर्षीय छोरा करिब एक वर्ष अघि मात्र डिभी मार्फत अमेरिका आएका थिए।

स्थानीय प्रहरीले घटनामा संलग्न १८ वर्षीय जिमुन्टेज हिललाई गिरफ्तार गरिसकेको छ भने घटनामा प्रयोग भएको भनिएको हतियार नजिकैको म्याक डोनल्ड रेष्टुरेण्टबाट बरामद भएको एटोका काउण्टी सेरिफका अधिकारीहरूले जनाएका छन्।

घटना लगत्तै नेपाली समुदायका व्यक्तिहरू घाइते रचनाका श्रीमान् र स्टोर संचालकसंग सम्पर्कमा रहिरहेको र आवश्यक सहयोगको अपिल गरिएको छ। एनआरएनए अमेरिकाका बोर्ड अफ डाईरेक्टर तथा डालासस्थित समाजसेवी कृष्ण लामिछानेले पीडित श्रेष्ठको परिवारलाई आवश्यक आर्थिक सहयोग जुटाउन परिवारसँग समन्वय गरिरहेका छन् । सहयोगको लागि ‘गोफण्ड’ को तल उल्लिखित लिङ्कमा गएर आर्थिक सहयोग गर्न सकिने जानकारी प्राप्त भएको छ । हिजोबाट सुरु भएको आर्थिक सङ्कलनबाट एक दिन मै करिब ४० हजार ४ सय १० डलर सङ्कलन भैसकेको छ।

तस्बिर: रचना श्रेष्ठको फेसबुक तथा केटिइएन

सहयोगको लागि
https://www.gofundme.com/help-rachana-atoka-shooting-victim

प्रतिक्रिया