अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

मिस वर्ल्ड डाइभर्सिटी मार्फत नेपाललाई विश्व सामु चिनाउन सफल ताज विजेता युनिता खत्री

बिआरटीनेपाल २०७५ साउन ९ गते २२:०५ मा प्रकाशित

काठमाडौँ, सामान्य प्रश्नको चोटिलो र अर्थपूर्ण जवाफले नै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधि जित्न सफल भएकी छिन् नेपाली चेली युनिता खत्री । संस्कृति, प्रतिभा र र्याम्प वाक समेत गरी विभिन्न प्रतियोगीले प्रतियोगितामा आफ्ना प्रतिभा प्रदर्शन गरेपछि विजयी भएकी युनिता स्वदेश फर्किएकी छिन् । उनको जित केवल उनको मात्र नभई देशको जित सिद्ध भएको छ किनभने सायद युनिता नै पहिलो सुन्दरी हुनुपर्छ अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जित्नेमा । यही खुसीयालीमा राजधानीमा मङ्गलवार उनलाई बधाई तथा शुभकामना दिनका लागि भेटघाट तथा छलफल कार्यक्रम गरिएको छ ।

यसै साता दुबईमा भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’मा ५० देशका प्रतिस्पर्धीलाई पछि पार्दै युनिताले ‘मिस वर्ल्ड डाइभर्सिटी–२०१८’को उपाधि जितेकी हुन् । अन्तिम चरणमा युनितालाई सोधिएको थियो कि– ‘नेपालको डाइभर्सिटीको अवस्था कस्तो होला ? उनले भनिन् ‘डाइभर्सिटीमा कल्चर, हेरिटेज र एडभेन्चर मात्र नभै नेपालमा मात्र हैन विश्वभरि नै लभ, रेक्सपेक्ट र केयर हुन जरुरी छ । उनी यही जवाफले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको सुन्दरी प्रतियोगिताको उपाधि जित्ने पहिलो महिला बन्न पुगिन् ।
प्रतियोगिताका बेलामा धेरै प्रतियोगीले नेपाल भन्ने देश पनि छ र ? भनेका थिए भने कतिपयले चाहिँ नेपाल देशको नाम त सुनेको तर नराम्रो छवि भएको भन्ने बुझेकाले पनि उनलाई चित्त दुखेको गुनासो गरिन् । युनिताले भनिन् यस्तो अवस्थामा तिनै प्रतिस्पर्धीमाझ आफू अब्बल हुनु भनेको देशलाई चिनाउने एउटा अवसर नै भएको ठानेकी छु ।

उपाधि प्राप्त गर्न के कुराको आवश्यकता पर्दो रहेछ त ? भन्ने पस्नमा युनिताले भनिन् – पहिलो नं.त शिक्षा नै हो, त्यसपछि आत्मविश्वास र सिभिलाईज हुन जरुरी छ । यी तिनै कुराको समन्वय छ भने उपाधि जित्ने चान्स बढी हुन्छ । युनिताले टाइटलसँगै मिस फ्रेण्डसिप र मिस डान्सर को समेत उपाधि जितेकी थिइन् ।

आफू ब्युटि प्याजेन्टबाट नै यहाँसम्म आएकाले भविष्यमा पनि यही क्षेत्रमा सक्रिय रहने उनको सोचाई छ । मिस नेपाल २०१७ निकिता चन्दक सहित आफू पनि निर्माणाधिन चलचित्र रानीमहलमा अनुबन्धित भएको जानकारी दिइन् ।

प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बिस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् । ‘मिस वर्ल्ड डाइभर्सिटी’को आगामी संस्करण नेपालमा नै गरिने जानकारी पनि युनिताले दिइन् ।

युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वर्ल्ड’ शीर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधिले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो । प्रतियोगिता जानु अघि खत्रीले उक्त प्रतियोगिता आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसरको रूपमा लिएको बताएकी थिइन् ।

प्रतिक्रिया