अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

बुढानिलकण्ठ स्कुलका भूतपूर्व विद्यार्थीहरूको सङ्गठन सेब्स (SEBS) बेलायत शाखाको वार्षिक भेटघाट सम्पन्न

बिआरटीनेपाल २०७५ साउन ९ गते २१:५७ मा प्रकाशित

बुढानिलकण्ठ स्कुलका भूतपूर्व विद्यार्थीहरूको सङ्गठन सेब्स (SEBS) को बेलायत शाखा सेब्स-युके(SEBS-UK)को वार्षिक भेटघाट भब्यरुपमा सम्पन्न भएको छ। २१-२२ जुलाईको सप्ताहान्त पारेर लटरवर्थ स्थित Standford हलको परिसरमा आयोजना गरिएको क्याम्पिंग भेलाले ई. हरित पोखरेलको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ।

दुई वर्षको कार्यकाल रहने गरी नव-गठित समितिमा उपाधक्ष्य डा. विष्णु परियार, सचिव गणेश चन्द, सह-सचिव मलुषा राना मगर, कोशाधक्ष्य सुमित बज्राचार्य, सह-कोशाधक्ष्य प्रदोष विष्ट र सदस्यहरूमा योजना गुरुङ लक्सम्बा, ई. गणेश थापा, डा. श्रोचिस कार्की र डा. टिशा जोशी रहेका छन्। साथै समितिले सुवास कायस्थ, सुनिल राना, साहित्य प्रेमी लोक सुब्बा (नर्वे), मेजर सम्राज गुरुङ, पूर्व क्याप्टेन हितमान गुरुङलाई सल्लाहकारको रूपमा चयन गरेको छ।

भूतपूर्व विद्यार्थी, शिछ्यक/शिक्क्षिक्या र तिनका परिवारहरूको उक्त भेलालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष्य सुवास कायस्थले विगतमा भएको गतिविधिमा प्रकाश पार्नु भएको थियो। उहाँले, उपस्थित व्यक्तित्वहरू जुनसुकै क्षेत्रबाट आउनु भए पनि बुढानिलकण्ठ स्कुलको भातृत्व एवं भगिनत्वको सामिपत्वले अहिले पनि पहिलो ब्याच (सन् १९७२) देखि हालसम्मका बिधार्थी बिच दाजु/भाइ/दिदी/बहिनीको सम्बन्ध अटुट तथा सुमधुर रहेको र यो अनुपम परिवारको उत्कृष्ट नमुना भएको भनी मन्तव्य राख्नु भएको थियो। समितिको बैठकमा निवर्तमान सह-अध्यक्ष्य ई. गणेश थापाले स्कुलको परिपाटी अनुसार ठुलाले सानालाई पथ-प्रदर्शक भई हरेक तवरले मद्दत गर्ने वातावरण मिलाई कार्य-समितिको जिम्मेवारी आफू भन्दा साना एवं जुझारु वर्गमा हस्तान्तरण गर्नु भएकोमा निवर्तमान अध्यक्ष्य कायस्थको प्रशंसा अनि त्यसो गर्दा आफूलाई पनि निकै गौरव लागेको बताउनु भयो। साथै वर्तमान एवं निवर्तमान समिति सदस्यहरूले भेला सञ्चालनमा महत्त्वपूर्ण योगदान गर्ने पूर्व क्याप्टेन लक्ष्मण पुन र गिरि गर्बुजालाई हृदयदेखि धन्यवाद दिएको थियो।

सन् १९८२ मा स्थापित सेब्स बिशुद्धरुपमा समाजसेवी संस्था हो जसले विश्वभर छरिएर रहेका बुढानिलकण्ठ स्कुलका भूतपूर्व विद्यार्थीहरूलाई एकत्रित बनौन मद्दत गरेको छ। सेब्सले नेपाल, बेलायत, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत संसारभर विभिन्न ठाउँमा रहेका आफ्ना सदस्य तथा शुभ-चिन्तक मार्फत पाएको सहयोगले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ। सेब्सको मूल उद्देश्यलाई आत्मसात् गर्दै सेब्स-युकेको स्थापना गरिएको र यहाँबाट विगतमा झैँ आगामी दिनमा पनि समाजसेवा तथा सिप स्थानान्तरण मार्फत नेपाललाई सक्दो सहयोग गर्न सेब्स-युके तत्पर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू