अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

सशस्त्र प्रहरीका खेलाडीलार्इ खेल सामाग्री

बिआरटीनेपाल २०७५ साउन ९ गते १०:११ मा प्रकाशित

काठमाडौँ, आदर्श समाज विकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराते प्रतियोगिताको तयारीका लागि सामाग्री उपलब्ध गराइएको हो ।

केन्द्रले शनिवार सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम गरी संस्थाका उपाध्यक्ष गीता सिम्खडा र सचिव प्रवीण कुलङ राईले संयुक्तरुपमा खेलकुद सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै विकास केन्द्र उपाध्यक्ष सिम्खडाले खेलकुद क्षेत्रले नेपाली नागरिकलाई एउटै धागोमा बाँध्ने काम गर्दै आएको बताउँदै खेल क्षेत्रको विकासमा थोरै भए पनि सहयोग पुगोस् भनेर सामग्री उपलब्ध गराएको बताइन् ।

उनले भारतमा हुने प्रतियोगिताको तयारीमा डटेर लाग्न खेलाडीलाई आग्रह गर्दै खेलाडीलाई अग्रिम शुभकामना समेत दिइन् । सामग्री ग्रहण गर्दै सशस्त्रका प्रहरी निरीक्षक अमित मल्लले सहयोगप्रति आदर्श समाज विकास केन्द्रको यो सहयोग खेलाडीहरूका लागि महत्त्वपूर्ण हुने भन्दै सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू