अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

न्यु योर्क च्याप्टरले ३६ औँ विपी स्मृति दिवस मनायो

सोमनाथ हुँमागाई, न्यु योर्क २०७५ साउन ९ गते ९:२४ मा प्रकाशित

यही जुलाई २२ तारिख २०१८ का दिन नेपाली जनसम्पर्क समिति न्यूयार्क च्याप्टर अमेरिकाले लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक विपी. कोइरालाको स्वर्गारोहण भएको दिन श्रावण ६ गते पार्टीको निर्देशन बमोजिम ३६ औँ विपी स्मृति दिवस एक छलफत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ । 

प्रमुख अतिथि काठमाडौँ जिल्ला कार्यसमितिका पूर्व सचिव एवं महासमिति सदस्य राजुराज जोशीले विपीले मुलुकको राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि अप्ठ्यारा परिस्थितिमा उठाएका सही कदमको स्मरण गर्दै, विपीको मेलमिलापको नीति अझै उतिकै आवश्यक भएको कुरा बताएका थिए । विधान अनुरूप पार्टी सञ्चालन गरेमा विवाद कम हुने कुरा बताउँदै, प्रमुख अतिथि जोशीले विधि र प्रक्रियालाई सबैले पालना गर्नुपर्ने धारणा राखेका थिए ।

एक छुट्टै प्रसङ्गमा आउँदो सेप्टेम्बर महिनाको ८ तारिख शनिवारको दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाद्वारा सर्वोच्चनेता गणेशमानको जीवनमा आधारित चलचित्र “वीर गणेशमान” गणेशमानको स्मृति दिवसको अवसरमा न्यूयोर्कमा पर्दशन गराउने र मेरिल्याण्डको बाल्टीमोरमा ९ तारिख, टेक्ससको डलासमा सेप्टेम्बर १५ तारिख र सानफ्रानसिस्को सहरमा सेप्टेम्बर १६ तारिख पर्दशन गर्ने र सो बखत काँग्रेस नेता प्रकाशमान सिंह पनि अमेरिका आउनुहुने कुराको जानकारी गराएका थिए ।

विशेष अतिथि लुम्बिनी विकासकोषका पूर्व सदस्य सचिव एवं नेपाली जनसम्पर्क समिति अमेरिकाको सल्लाहकार आंग दावा शेर्पाले काँग्रेसले अङ्गालेको सिद्धान्त र दर्शनको बारेमा चर्चा गर्दै, विपीको दूरदर्शिताको बारेमा बोलेका थिए । मुहान सफा भएमा सबै सफा हुँदै जाने बताउँदै, एउटा विधि र प्रक्रियाबाट आएको निर्वाचित सङ्गठनलाई, अधिवेशनद्वारा मात्र विधाईगर्न सकिने स्पष्ट धारणा सलाहकार शेर्पाले कार्यक्रममा राखेका थिए ।

अर्का अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले सातदशक अगाडि विपीले खनेका राजनीतिक आदर्शकोबाटोमा अहिले समग्र मुलुक र मुलुकमा भएका सबै राजनीतिक दल हिँडिरहेको कुरा बताउँदै, देशका केही ठुला दलले हाल बाटो बिराउन खोजेकाले काँग्रेसले जिम्मेवार भएर ती ठुला दलहरूलाई सही बाटोमा हिँड्न सिकाउनु पर्ने कुरा राखेका थिए ।

अहिले लोकतान्त्रिक संविधानको मर्म र भावनालाई मिचेर गरेका अवैधानिक र असंवैधानिक निर्णय व्यवहार र सरकारी नीतिलाई हेर्दा वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै, नेम्बाङले डा. गोविन्द केसीको माग पूरागर्न लगायत अन्य सरकारी निरंकुशकदमको विरुद्धमा गरिएको शान्तिपूर्ण पर्दशनहरूमा सरकारले गरेको दमन र निर्मम आक्रमणको घोर निन्दा र भर्त्सना गरेका थिए ।

साथै चिकित्सा शिक्षामा सुधारको मागिराखि गरेको डा. केसीको आमरण अनशनलाई आफ्नो सङ्गठनको पूर्ण समर्थन भएको कुरा राख्दै, महासचिव नेम्बाङले उनकोमाँग चाँडो पूरागरी डा.केसीको जीवन रक्षागर्न सरकारसँग जोडदारमाग समेत गरेका थिए । यसका साथै, बङ्गलादेशमा पढने नेपाली चेलीहरूप्रति सरकारको मन्त्री र व्यवसायी दुर्गा प्रसाईले दिएको अमर्यादित आपत्तिजनक अभिव्यक्ति अत्यन्तै निन्दनीय भएको बताउँदै महासचिव नेम्बाङले नेपाली छोरीको अस्मिता र सामाजिक प्रतिष्ठामा नै आघातपुग्ने यस्ता गैरजिम्मेवार अभिव्यक्तिको सङ्गठनले घोर निन्दा र भर्त्सना गर्दै मन्त्रीको बर्खास्त र प्रसाईलाई कानुनी कारवाहीकोमाग सरकारसँग गरेका थिए ।

एक छुट्टै प्रसङ्गमा सङ्गठनका हितका खातिर आफूले जस्तो सुकै तिलान्जली दिन तयार भएको कुरा राख्दै, महासचिव नेम्बाङले अब चाँडै सबैलाई मिलाएर अधिवेशन गराउने वातावरण सृजना गरी सङ्गठनलाई निकास दिने कुरा सबै मैझ राखेका थिए ।

कार्यक्रममा च्याप्टरका सदस्य अग्नि ढकालले विपीका बारेमा गीत गाएका थिए भने शारदा क्षेत्रीले कविता सुनाएका थिए । अन्य वक्ताहरूमा स्पोर्टका महासचिव सञ्जीव श्रेष्ठ, अमेरिकाका विद्यार्थी नेता प्रभात सापकोटा, बौद्धिक व्यक्तित्व एवं लेखक सुरेन सापकोटा, सक्रिय समाजसेवी सूर्य खड्का, पत्रकार बिष्णुसिंग बैजु,श्याम कार्की लगायतले थिए । कार्यक्रममा, नेजसका केन्द्रीय सदस्य सुवास लामा, समाजसेवी दुर्गेश कार्की, च्याप्टरका उपसभापति अमर तामाङ, सचिव अनिल राज पाण्डे, सदस्य उमेश थापा, गणेश विष्ट, विवेक पौडेल, नवराज भट्ट, समाजसेवी सुजन रायमाझी, शिव बानियाँ, प्रवीण गौतम, काँग्रेसका सक्रिय गणेश रिजाल , जितेन्द्र ढकाल, सुजन खनाल लगायतको बाक्लो उपस्थिति रहेके थियो ।

नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाको सभापति रोशन ढुगानाको अध्यक्षतामा स्थानीय थकाली किचन ज्याक्सन हाईट न्यूयोर्कमा भएको विपीको ३६ औँ स्मृति दिवसको कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य वृन्द राईले गरेका थिए ।