अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिन्छु – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ साउन ९ गते ८:५२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले नेताहरुको सपना साकार गर्न दुःख कष्टपूर्वक अघि बढिरहने वताउनुभयो । उहाँले अहिलेको सरकारले विकास र समृद्धिको चाहना पूरा गर्ने दावी पनि गर्नुभएको छ ।

संस्थापक नेता नरबहादुर कर्माचार्यले मजदुर आन्दोलनको नेतृत्व गर्दै एकता र सही विचारका साथ समाजलाई मार्ग निर्देशन गरेको स्मरण गर्दै प्रचण्डले त्यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू