अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई

बिआरटीनेपाल २०७५ साउन ८ गते १३:०५ मा प्रकाशित

दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र सुनिता तन्डुकारको समूहले १ लाख रुपैयाँ पुरस्कार हात पारेको छ । त्यसै गरी एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समूहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समूहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप प्रोग्राम अन्तरगत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनामा विद्यार्थीहरूलाई दराजले उनीहरूको चाहना अनुसार ३ फरक विभागमा ६ महिना तालिम दिनेछ । १८ महिनाको सफल तालिम पश्चात् उनीहरूलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिँदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो । प्रतिष्पर्धामा कुल २२ कलेजहरू सहभागी भएका थिए । जसमध्ये फाइनलमा पुगेका ८ वटा कलेजहरूले संयुक्त रूपमा १ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

८ वटा कलेजहरू ब्रिटिस कलेज, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट, मेधावी कलेज, नेपाल कमर्स क्याम्पस, क्वेस्ट इन्टरनेसनल कलेज, कुसुम, इस्लिङ्गटन कलेज र काठमाडौँ मोडेल कलेज फाइनल चरणमा पुगेका थिए । सबै कलेजका विद्यार्थीहरूलाई दराज पाकिस्तानसँग सम्बन्धित केस स्टडिमा प्रतिस्पर्धा गराइएको थियो । ग्राहक प्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यावसायिक कार्यक्रम सुझाव गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गरिएको थियो ।

प्रतियोगिताको निर्णायक टोलीमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. आर्हन स्थापितका साथै आउटरिजका प्रबन्ध निर्देशक उजय शाक्य, सफल पार्टनरका संस्थापक आशुतोष तिवारी जस्ता आद्योेगिक विज्ञहरू थिए । फाइनल कार्यक्रममा दराज समूहका मानव संसाधन निर्देशक कार्लाेट्टे स्टोफ्बर्गका साथै पाकिस्तान, बङ्गलादेश, र श्रीलंकाका मानव संसाधन प्रमुखहरूको उपस्थिति थियो ।

दराज नेपालले आगामी वर्ष देश भरका उत्कृठ कलेजहरूलाई सहभागी गराउँदै अझ ठुलो कार्यक्रम आयोजना गर्नेछ । दराज समूहले पाकिस्तान, म्यानमार, बङ्गलादेश, श्रीलंका र नेपालमा विभिन्न ब्रान्डका उत्पादनको बिक्री वितरण गर्न अनलाइन प्लेटफर्मको भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू