अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

ग्रीसमा डढेलोमा परी कम्तिमा ६० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:३९ मा प्रकाशित

ग्रीसका विभिन्न जंगलमा फैलिएको डढेलोमा परी कम्तिमा ६० जनाको मृत्यु भएको छ । मृत्य हुने अधिकास समुद्र छेउमा रहेको माति रिसोर्टमा फसेकाहरु छन् । डढेलोमा परी सयौं घाईते भएका छन् भने ११ को अबस्था गंभिर रहेको अधिकारीहरुले जनाएका छन् । डढेलोका कारण ठूलो संख्यामा घर जलेका छन् ।

मानिसहरु डढेलोबाट बच्न सुरक्षित स्थानको खोजीमा भागिरहेका छन् । सयौं अग्नी नियन्त्रकले ढडेलो नियन्त्रणको प्रयास गरेपनि सफल नहुँदा अन्तराष्ट्रिय सहयोगको आह्वान गरिएको छ । जर्मनी, पोल्याण्ड र फ्रान्सले हेलिकप्टरसहित अग्नीनियन्त्रकहरुको टोली पठाएका छन् ।

प्रधानमन्त्री अलेक्सीस सिप्रासले नियन्त्रणका लागि सबै आपतकालीन शक्तिको प्रयोग भैरहेको बताएपनि अग्नीनियन्त्रकहरुले अत्यन्तै कठिन भैरहेको बताएका छन् । एथेन्स् आसपासको डढेलो प्रभावित एट्टीका क्षेत्रमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू