अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

लाओसमा विद्युत् बाँध भत्कियो, १०० बढी बेपत्ता

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:३५ मा प्रकाशित

लाओसमा एक बाँध भत्कँदा १०० जनाभन्दा बढी बेपत्ता भएका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बाँध भत्केको बताइएको छ । लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक विद्युत् बाँध भत्कँदा उनीहरु बेपत्ता भएका हुन् । उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

यसअघि, आएको बाढी र पहिरोले ६ ओटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार परिवार विस्थापित भएका थिए । लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारकार्य तीव्ररुपमा अघि बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

यस्तै, बाढीप्रभावितहरुका लागि उचित राहतको व्यवस्था मिलाइएको भन्दै लाओस सरकारले बाढीपीडितको सहयोगका लागि स्थानीय बासिन्दासमक्ष अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू