अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

सरकारविरुद्ध कांग्रेस सडकमा

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:३३ मा प्रकाशित

केपी ओली नेतृत्वको सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको नेपाली कांग्रेसले मंगलबार पनि प्रदर्शन गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कार्यसमितिको अगुवाईमा माइतीघरदेखि बानेश्वरसम्म जुलुस निकालिएको हो ।

सो क्रममा तीन जिल्लाका पार्टी भातृ संगठनको पनि सहभागिता रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभएको छ । प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस काठमाडौंका सभापति सबुज बानिया, भक्तपुर जिल्ला कार्यसमिति सभापति दुर्लभ थापा र ललितपुर जिल्ला कार्यसमिति सदस्य मदन आमात्यले ओली नेतृत्वको सरकार अधिनायकवादको बाटोमा अग्रसर रहेको आरोप लगाउनुभयो ।

प्रदर्शनकारीहरुले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार अघि बढ्न सरकारलाई सचेत गराउँदै अनसनरत डाक्टर गोविन्द केसीको माग तत्काल पूरा गर्न पनि माग गरेका छन । सरकार विरुद्ध पार्टी केन्द्रीय कार्यालयले गरेको आन्दोलनको कार्यक्रम अनुसार तीन जिल्लाले संयुक्त रुपमा आज विरोध कार्यक्रम गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू