अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

अनशनरत डा. गोविन्द केसीको पक्षमा नागरिक सत्याग्रह जारी

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:३० मा प्रकाशित

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै काठमाडौंको बसन्तपुरमा आइतबारबाट सुरु गरिएको सामूहिक नागरिक सत्याग्रह जारी रहेको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाईमा बसन्तपुरमा आइतबार विहान १० बजेदेखि सुरु गरिएको सामूहिक नागरिक सत्याग्रहलाई तेस्रो दिन मंगलबार पनि निरन्तरता दिइएको हो । डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर नभएपछि दवावको कार्यक्रमलाई निरन्तरता दिइएको जनाईएको छ ।

२५ दिनदेखि आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको माग सरकारले बेवास्ता गरेपछि आफूहरु सामूहिक नागरिक सत्याग्रहमा पनि सहभागी हुनु परेको केसीका समर्थकहरुको भनाई छ । वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र विकासका लागि लिएको अडान सही रहेको र उहाँको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सत्याग्रहमा सहभागी भएकाहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । केसीको माग सम्बोधन गर्न नागरिक समाजका अगुवाहरुले सरकार विरोधी आन्दोलनलाई पनि तीब्रता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू